आश तमु, पोखरा- आज कास्कीमा १३ जना नयाँ कोरोना संक्रमित भेटिएका छन ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान गरिएको परिक्षणमा पोखरा महानगरपालिका १० ,मादी गाउपालिकाका ३ गरी १३ जना थपिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार तीमध्ये १ जना महिला छन । संक्रमितमध्ये पोखराका वर्ष २५ का ३ जना पुरुष, वर्ष २६, ३१, ३२, ३५, ४३, ४५ र ५१ का रहेका छन ।
त्यसैगरी, कास्कीकै मादी गाउँपालिकाका २८ वर्षीया एक महिला र वर्ष ३५ र ३७ का २ जना पुरुष पनि कोभिड–१९ संंक्रमित बनेका हुन्
पोखरा महानगरपालिका भित्रका सवै कोरोना संक्रमित बैदेशिक रोजगारबाट फर्किएकाहरु हुन । संक्रमितमध्ये साउदी ,कुवेत र भारतबाट र युएईबाट आएका हुन् ।
सबै संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११ सय २९ पुगेको छ । संक्रमितमध्ये ३ सय ५३ जना निको भएका छन् ।