logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा मास्क नलगाई हिँड्ने २१ जनालाई १०० रुपैया जरिवाना


  • आश तमु
  • बुधबार, असार २४ २०७७

आश तमु ,पोखरा -अनिवार्य मास्क तथा सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आग्रह गरिएकामा त्यसको अवज्ञा गर्ने २१ जनालाई कास्की प्रहरीले कारवाही स्वरुप जरिवाना तिराएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज मास्क नलगाई हिँड्ने २१ जनालाई कारवाही गरेकाे हो । सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाहीका लागि जिल्ला प्रशासनमा पठाइएकोमा जनही १०० रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

कोरोनाको थप जोखिम बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी एकाइसमेतबाट माइकिङ गर्ने, सम्झाइ बुझाइ गर्ने गरिएकामा अटेर गर्नेहरुलाई कारवाही गरिने प्रहरीले स्पष्ट पारेको छ ।

जिल्ला प्रहरी कार्यालयले सम्पूर्ण कास्कीवासी नागरिकलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, न्यूनतम सामाजिक दूरी कायम गर्न र अनावश्यक जमघट नगर्नसमेत अनुरोध गर्दै आएको छ ।

यसको उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार