राजनीति
विहिवार देखि परेको अविरल वर्षाका कारण पोखराका बिभिन्न वस्तीहरु डुबानमा परेका छन ।पोखरा १३ कमलपोखरी आसपास क्षेत्रमा पानी परेर घरहरु डुबानमा परेको हो ।
जिकै रहेको काहुँखोलामा पानीको बहाव बढेपछि बस्ती जलमग्न बन्न पुगेको हो ।खोलामा जलसतह बढेपछि कमलपोखरी ताल नजिकै रहेको बस्तीका करिब २५ घर डुबानमा परेका छन् ।
बस्तीभन्दा खोला उचाइमा रहेकाले उक्त बस्ती वर्षेनी डुबानमा पर्दै आएको छ ।पोखरा महानगर १३ वडाध्यक्ष दर्शन लामाले बर्खायाममा खोलाको आकार बढ्दा पानी बस्तीसम्म छिरेर सास्ती दिएको बताए ।उनले समथर भागमा डुबान पर्ने हुनाले अहिलेसम्म धनजनको क्षति भने नपुर्याएको जानकारी दिए ।
तस्विर दिलिप जी