पोखरा- केही दिनदेखि परिरहेको अविरल भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाका डिएसपी नवराज मल्लका अनुसार घटना स्थलमा नजिकैको सिलिचोङ प्रहरी कार्यालयबाट टोली पठाए पनी यद्यपि, हालसम्म टोली पुग्न नसक्दा थप जानकारी प्राप्त हुन नसकेको बताएका छन ।
त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको खबर आएको छ । ‘नजिकैको प्रहरी चौकीबाट घटनास्थलमा पुग्न चार घन्टा लाग्छ, अहिले ३ घन्टा हुन लाग्यो । टोली पुगेपछि विस्तृत खबर आउँछ’, मल्लले भने ।