पोखरा- ढोरपाटन नगरपालिका बाग्लुङका ईञ्जिनियर मिलन अधिकारीलाई १ लाख घुससहित पोखरामा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको छ ।
पोखरा-५ को जिरोकिलोमिटरस्थित एक रेष्टुरेण्टबाट ईञ्जिनियर अधिकारीलाई रकमसहित अख्तियारको टोलीले पक्राऊ गरेको हो ।
ढोरपाटन नगरपालिकाको गुर्जा सिलगुम ओखरधारा खोला सिवाङ्ग सडकको अन्तिम किस्ता भुक्तानिका क्रममा उपभोक्ता समितीसँग सो रकम लिदैं गर्दा ईञ्जिनियर अधिकारीलाई अख्तियारको टोलीले रंगेहात समाएको हो । सो सडक योजना ५० लाख रुपैयाँको रहेको थियो ।