वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले ला’गूऔ’षध गाँ’जा ओसारपसार, बेचबिखन तथा सेवन गर्ने ९ जनालाई विभिन्न मितिमा पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका-१३ कुडँहर स्थित केहि मानिसहरुले ला’गूऔ’षध गाँ’जा विक्रिवितरण तथा सेवन गरि बसिरहेको र घरमा समेत लुकाईछिपाई राखेको हुनसक्ने भन्ने विशेष सूचानाको आधारमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपलिका-१४ बस्ने २२ वर्षिय निशान थपाले चलाएको प्रदेश २-०३-००३ प ६७२५ नम्बरको मोटरसाईकल पछाडी सवार पोखरा महानगरपलिका-१४ चाउथे बस्ने २२ वर्षिय दिपेन्द्र पुनले पछाडी बोकेको कालो झोलामा ला’गूऔ’षध गाँ’जा ६४८ ग्राम फेला पारेको थियो ।
पक्राउ परेका निजहरुलाई सोधपुछ गर्दा सोहि स्थानमा रहेको लक्ष्मी गुरुङको LX खाजा घरमा पोखरा महानगरपालिका-१२ लालिगरास बस्ने वर्ष ३०को कुशल गुरुङ र पोखरा महानगरपालिका-१३ बस्ने वर्ष २० को ईश्वर बि।क। मार्फत दिपक तामाङसंग किनेको भनि खुलाए पश्चात निज महिलाको LX खाजा घरमा सोधपुछ तथा खानतलासी गर्दा उक्त खाजा घरको माथिल्लो तल्लामा बाकसमा लुकाईछिपाई राखेको थप ४४६ ग्राम ला’गुऔ’षध गाँ’जा फेला परेको हो ।
सोहि खाजा घरमा ला’गूऔ’षध गाँ’जा लुकाउन छिपाउन सहयोग गर्ने निज लक्ष्मी गुरुङ सहित विक्रि वितरणमा संलग्न सोहि स्थान बस्ने विक्रम प्रसाद पौडेललाई समेत नियन्त्रणमा लिई थप सोधपुछ गर्दा गोरखा घर भएका कृष्ण गुरुङले पोखरा महानगरपालिका-८ रत्नचोक बस्ने मदन नेपालीको कोठामा थप ला’गूऔ’षध गाँ’जा लुकाईछिपाई राखेको भन्ने खुले पश्चात तत्कालै उक्त स्थानमा प्रहरी टोली खटिई निज मदन गुरुङको कोठामा कालो सुटकेशमा राखेको १ किलो १९५ ग्राम ला’गूऔ’षध गाँ’जा फेला पारि निजहरुलाई समेत नियन्त्रणमा लिईएको हो ।
ला’गूऔ’षध गाँजा बेचबिखन, ओसारपसार, सेवन साथै लुकाईछिपाई राख्न सहयोग गर्ने निज महिला सहित गरि जम्मा ९ जनालाई जम्मा २ किलो २८९ ग्राम गा’जाँ सहित पक्राउ गरि निजहरुलाई थप अनुसन्धान तथा कारवाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको वडा प्रहरी कार्यालय रामबजार कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बता छ ।t