प्युठान – प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा सात जना कामदारको मुत्यु भएको छ । शनिबार राति स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु२च ४२३४ नम्बरको ट्रयाक्टर दुर्घटना भएको थियो।
स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।ट्रयाक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ। वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
अहिले नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको पौडेलले जानकारी दिए।
घटनाको विस्तृत जानकारी आउन बाँकी छ।