logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेपालमा फेरी भित्रीयो बर्डफ्लु,३ हजार ७ सय कुखुरा मरे


  • राजनीति
  • शुक्रबार, जेष्ठ ४ २०७५

चितवन । चितवनमा फेरि बर्डफ्लु देखिएको पुष्टि भएको छ ।

राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका बरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईले पूर्वी चितवनको खैरहनी नगरपालिका ९ मा दुई जना किसानको खोरमा कुखुराको नमुना परीक्षण गर्दा वर्ड फ्लु भएको पुष्टि भएको जानकारी दिए ।

स्थानीय राजन चौधरी र लक्ष्मण चौधरीको कुखुरा खोरमा वैशाख १५ गते २७ सय कुखुरा मरेका थिए । मरेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु देखिएको पुष्टि बिहीबारमात्रै भएको हो

शुक्रबार उक्त कुखुराको खोर वरपरका कुखुरा र हाँस मार्ने र तथ्याङ्क लिने काम गरिएको डा. चापागाईले बताए । यसअघि गएको चैत २२ गते पूर्वी चितवनको रत्ननगर-१५ माधवपुरको एक कुखुरा र्फममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार