logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पर्वतमा अपत्यारिलो अपराध, अपराधी आसपासकै हुनसक्ने अनुमान


  • राजनीति
  • मंगलबार, साउन ६ २०७७

समाजमा विभिन्न खाले मनसाय र मनोवृत्तिका मानिसहरुको एक सम्बन्ध हो । तर उनिहरुको सबैको साझा उद्देश्य एक अर्कालाइ सहयोग सदभाव साटफेर गर्ने बुझाइमा चलिरहेको हुन्छ । तर दुर्भाग्य समाजमा यस्ता केहि मानसिकता भएका मान्छेहरु हुन्छन जसले समाजमा आक्रोशको सिर्जना मात्र गर्दैन घृणाको बढावा समेत दिइरहेका हुन्छन् । यस्तै एक उदाहरण बनेको छ पर्वतको पैयु गाउँपालिका ३ बेउलीबास । यसैपनी असारको महिना मानो रोपेर मुरी फलाउने महिना भन्छन । अझ वर्षदिनलाइ खाने अन्न्बाली असारमा नै लगाइन्छ । त्यही उद्देश्यले नै बेउलीबास निवास राम प्रसाद भुसालले पनि आफ्नो ७ रोपनी भन्दा बढी खेतमा रोपाइँ गरेर असारलाइ बिदाइ गर्दै थिए । तर दुर्भाग्य असार ३१ गते सोहि बालीमा केहि अप’राधीक मनोवृत्तिका मानिसहरुले मेसो लगाएर पुराका पुर क्ष’ती गरेकाछन ।

अहिले उनि फाइल बोकेर प्रशासनिक निकायमा न्याय पाउन कुदिरहेकाछन । आज एक हप्ता भन्दा बढी भैसक्दा पनि पर्बतको पैयु गाउपालिका ३ बेउलीबासका रामप्रसाद भुसालको धानबालीमा बिध्वंश मच्चाउनेहरु अझै पक्राउ पर्न सकेको छैनन् ।

असार ३१ गते राती क्याप्टेन रामप्रसाद भुसालको अन्दाजी ७ रोपनी धान खेत (७ हलको रोपाई र ३० मुरी जति उत्पादन) मा ढुङ्गा फाल्ने, उखेल्ने र उजाड पार्ने उदण्डता साउन १ गते बिहानै देखेपछि पिडीत रामप्रसादले वडा कार्यालय हुँदै इलाका प्रहरीमा समेत निवेदन दिएका थिए ।

‘म ७२ वर्षको भएं, कसैको केही नर्गनु गरेको छैन । मैले यस्तो विध्वंस देख्न परेको पनि थिएन, अहिले आफैले भोगे’ राजनीतिसग उनको प्रतिक्रिया थियो । भुसालका अनुसार खेत रहेको केलुङ भन्ने ठाउँमा उनको गोठ पनि छ । उनी साँझ ८ बजेसम्म त्यहि थिए तर बिहान एक्कासी त्यो घट’ना सुन्दा र देख्दा उनि निकै आश्चर्यमा परेका थिए ।

यसै बिच सोहि घटनालाइ लिएर मोहन बैध किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा पर्वतले पैंयू गाउँपालिका ३ वेउलीवास निवासी समाजसेवी तथा कम्युनिस्ट ब्यक्तित्व क्याप्टन रामप्रसाद भुसालको खेती नष्ट हुने गरी गरिएको कार्यलाइ एक अपराधीक र घृ’णित कार्य भन्दै आ’क्रोश व्यक्त गरेको छ ।

सो घटनालाई लिएर पर्बतका राजनैतिक सामाजिक अभियन्ता तिलक अधिकारीले पीडितलाइ क्षतिपूर्ति र अपराधीलाई कारवाहीको लागि पहल गरिरहेका छन् भने देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका तेजेन्द्र पौडेलले उक्त घृ’णित कार्य समूहद्वारा नै हुन सक्ने भएको भन्दै त्यस्ता आप’राधिक समूहलाई कडा का’र्वाहिको माग गरेका छन् ।

पिडित भुसालको खेतबाली नष्ट गरेको प्रकृति हेर्दा स्वभाविक छैन, उनकै धानखेत खोजी खोजी वितण्डा मच्याइएको छ । उनको साँध बिचका अरु ४ वटा खेतमा क्षति पुर्याउने नियत खास देखिएको छैन भने भुसालको धानबाली भने पशुवत पाराले नष्ट पारिएको छ ।

सो धानबाली नष्ट गराउने समूहको खोजी र कारवाहीका सम्बन्धमा इलाका प्रहरी मर्दिखोलाका प्रहरी निरीक्षक विजय चौधरी भन्छन् ‘हामीले उजुरी लिएर छानविन गरिरहेका छौँ, अझैसम्म त्यस्तो व्यक्ति वा समूहको पहिचान भैसकेको छैन, खोजी जारी छ ।’

भुसालको ६ हलको मेलोको धान रोपाइ गरेको खेतमा अज्ञात समूहले बाली माँडेर नोक्सान गराएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तो घृ’णीत अप’राधिक कार्यमा संलग्न समूहको पहिचान गरी कडाभन्दा कडा का’रबाही गर्न र पीडितलाई न्याय दिन देशभक्त जनगणतान्त्रिक मोर्चा पर्वतका संयोजक राजेन्द्रप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा
माग गरिएको गरिएको छ ।


घ’टनाको सबै प्रकृती हेर्दा अपरा’धीले साध ढुङ्गा समेत जानकारी राखेको देखिएकोले धेरै परको ब्यक्तिले त्यस्तो गर्न नसक्ने र अप’राधी धेरै परको नहुने जानाकारहरु बताउछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार