logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

पूर्व डिआइजी कोइराला पुनः जेल जाने !


  • राजनीति
  • शुक्रबार, साउन ९ २०७७

श्रीमतीको ह’त्यामा दोषी ठहरिएपनि सर्वोच्च अदालतको स’जाय घटाउने फैसलापछि साँढे आठ वर्ष जे’ल स’जाय का’टेर थुनामुक्त भएका पूर्व डिआइजी रञ्जन कोइराला फेरि जे’ल जानुपर्ने सम्भावना कायमै रहेको छ । सर्वोच्चको फैसला चित्त नबुझेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनको निवेदन दिने निर्णय गरेपछि सरकारी वकिलले निवेदन दिएपछि उनको जे’ल जानुपर्ने सम्भावना कायमै रहेको हो ।

पुनरावलोकन निवेदनपछि फैसला उल्टन सक्ने सम्भावना रहन्छ । यस अवस्थामा उनी पुनः जे’ल जानुपर्ने हुनसक्छ । फैसला निकै आ’लोचित छ । यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले जिल्ला र पुनरावेदनको सर्वस्वसहित जन्मकै’दको फैसला उल्टाएर आठ वर्ष छ महिना स’जाय कायमको फैसला गरेका थिए । सोही आधारमा आज रञ्जन छुटेका थिए । उनलाई लिन प्रेमिका तारा रेग्मी कारसहित जे’ल पुगेकी थिइन् । यसले निकै चर्चा पाएको छ ।

सशस्त्र प्रहरी बलका तत्कालिन डिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको ह’त्या गरी शव मकवानपुरमा लगी ज’लाएका थिए । सशस्त्र प्रहरी बलका तत्कालिन डिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको ह’त्या गरी शव मकवानपुरमा लगी जलाएका थिए । उनलाई ८ माघ २०६८ मा प’क्राऊ गरिएको थियो । काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०७१ मा सर्वश्वसहित जन्मकै’दको फैसला सुनाएको थियो । फैसला चित्त नबुझेको भन्दै रञ्जनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपनि २३ मंसिर २०७२ मा जिल्लाकै फैसला सदर गरिदियो । तर, सर्वोच्च अदालतले साँढे ११ वर्ष कैद मिनाहा गर्ने फैसला सुनायो ।

रञ्जनमाथि शव नै वे’पत्ता बनाउन खोजेको अभियोग समेत लागेको थियो । त्यतिबेला रञ्जन भावी आइजीपीका रुपमा लिइन्थे । पत्नी हत्याले उनलाई जेलमा मात्र पुर्याएन करिअर नै बि’गारिदियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार