logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि


  • राजनीति
  • शुक्रबार, साउन ९ २०७७

file pic file pic

कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । नारायणी अस्पतालको प्रयोगशालामो पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका डा। निरज सिंहले जानकारी दिए । ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजिटिभ देखिएकी ती युवतीको उपचारको क्रममा निधन भएको थियो ।

त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।‘पखाला लाग्ने र जिउ काम्ने भइरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या थियो’ डा। निरज सिंहले, ‘उहाँलाई बचाउन सकेनौं, पीसीआर परीक्षणका लागि स्वाब गएपनि रिपोर्ट आइसकेको छैन ।’

इमर्जेन्सीमा उनको उपचारमा संलग्न ५ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र इमर्जेन्सी सिल गरेर अर्कै ठाउँबाट सेवा दिइरहेको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ

गण्डक कोभिड अस्पतालमा ५४ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार