राजनीति
नारायणगढ–मुग्लिन सडक खण्ड सडकमा पहिरो खस्दा पुनः अबरुद्ध भएको छ। आइतबार बिहानदेखि नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेका कारण यातायात सेवा अवरुद्ध भएको हाे।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले चितवनकाे इच्छाकामाना गाउँपालिका–६ को चेपेखोलामा आज बिहान पाँच बजे ठुलो पहिरो खसेकाले सडक अवरुद्ध भएको जानकारी दिए।
तीन दिनअघि पनि सोही ठाउँमा पहिरो जाँदा यातायात अबरुद्ध भएको थियो। गन्तव्यमा हिँडेका हजारौं यात्रुले पहिरोको कारण सास्ती पाएका छन्।
२४ महिनाभित्रमा काम सक्ने गरी सन् २०१५ अप्रिलबाट नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिको काम थालिएको थियो।
तर निर्माण सुरु गरेको तीन वर्ष वितिसक्दा पनि ३३ किमि सडकको ८६ प्रतिशत मात्र काम सकिएको छ। समयमै काम नसकिँदा सरकारले निर्माण कम्पनीलाई पाँच पटक ठेक्काको समय थप गरिसकेको छ।