राजनीति
कास्की प्रहरीमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।
पोखरा ३ नदिपुर बिटमा कार्यरत ३८ वर्षिय ती प्रहरीको आज कोरोना पुष्टी भएको हो । कोरोना पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले पुष्टी गरे ।
उनको स्वाब साउन १८ गते लिइएको थियो । बाह्य ‘ट्राभल हिस्ट्री नभएका कारण बिटमै कार्यरत रहेका ३ जना सुरक्षाकर्मीलाई पनि क्वारेन्टिनमा राखिसकिएको छ ।
केही दिन अघि देखि नै उनलाई सामान्य ज्वरो आएपछी उनी पोखरा गैह्रापाटन स्थित फिस्टेल हस्पिटलमा भर्ना भएका थिए । नदिपुर प्रहरी बिट अहिले सिल गरिएको छ ।