logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अवैध तरिकाले ग’र्भप’तन गराउँदा आमा र शिशुको मृ’त्यु ,डाक्टरसहित दुई पक्राउ


  • राजनीति
  • बिहिबार, साउन २२ २०७७

अवैध तरिकाले ग’र्भप’तन गराउँदा आमा र शिशुको मृ’त्यु भएको छ ।रुकुम पूर्वमा एक निजी अस्पतालले अ’वैध तरिकाले ग’र्भप’तन गराउँदा रुकुम पश्चिम मुसिकोट नगरपालिका– ८ काप्रिवासकी २६ वर्षीया पुष्पा घर्ती र २२ साताको शिशुको मृ’त्यु भएको हो ।

रुकुमकोटको छिप्रिदहस्थित रुक्मिणी अस्पतालमा ग’र्भप’तन गराउने क्रममा अत्यधिक र’क्तश्रा’व हुँदा २० साउनको राति दुवैजनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

यो समाचार मनीष खड्काले नयाँ पत्रिकामा लेखेका छन ।

बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी अवैध तरिकाले ग’र्भप’तन गराएको आरोपमा प्रकाउ परेका अस्पतालमा कार्यरत डा। रुपेशकुमार सिंह र सिस्ने गाउँपालिका– ४ दादिङका गणेश घर्तीलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए ।पुष्पा दुई छोरीसहित रुकुमकोटमा बस्दै आएकी थिइन् । उनको घर भने रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ३ गरायला भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार