राजनीति
बला’त्कार गरेको आ’रोपमा प’क्राउ परेका कालिकोटका वडाध्यक्ष जेल चलान भएका छन्। जिल्लाको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदीश शाही बहिनी नाता पर्ने किशोरीलाई ब’लात्कार गरेको अ’भियोगमा पुर्पक्षका लागि जेल चलान भएका हुन्।
१६ वर्षीया किशोरीलाई ब’लात्कार गरेको आ’रोपमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले पुर्पक्षमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो। उनी कालिकोट जिल्ला कारागार चलान भएका हुन।
जबरजस्ती क’रणी मु’द्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म का’रागार चलान गरिएको कालिकोट जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए।
शाहीलाई प्रहरीले असार ३१ गते प’क्राउ गरी ज’बरजस्ती करणी तथा हाडनाता करणीअन्तर्गत अदालतमा म्याद थप गरेर अनुसन्धान शुरु गरेको थियो। शाहीले १६ वर्षीया किशोरीलाई १३ वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाख्रा चराउन गएको बेला वडाध्यक्ष शाहीले ती किशोरीलाई जबरज’स्ती कर’णी गरेको आ’रोपमा उनीविरु’द्ध परिवारका सदस्यले जाहेरी दिएका थिए।
शाहीविरु’द्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम ज’बरजस्ती करणी कसुरमा १२ देखि १४ वर्ष कैद र हाड नाता करणी १ देखि ३ वर्षसम्म कैदसहित उचित क्षति’पूर्ति माग दाबी सहित प्रहरीले अदालतमा मुद्दा चलाएको छ।