logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखराका सच्चाई प्रमुख पुरुषको सम्पर्कमा आएका १० जनामा कोरोना पुष्टि


  • आश तमु
  • मंगलबार, साउन २७ २०७७

आश तमु ,पोखरा – कोरोनाबाट मृत्यु भएका पोखरा १९ का सच्चाई प्रमुख पुरुषको सम्पर्कमा आएका ४ जनामा कोरोना पुष्टि भएको छ । गत २४ साउनमा मृत्यु भएका ६२ वर्षे पुरुषको कन्ट्याक ट्रेसिङमा परेका ४ महिलामा म‌ंगलबार कोरोना पोजिटिभ देखिएको हो ।

घरमा सच्चाई केन्द्र चलाउँदै आएका पुरुष कोरोना पुष्टि भएपछि १७ साउनमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भएका थिए । आइसियुमा उपचार गराइरहेका बेला उनको मृत्यु भएको थियो ।

यसअघि उनकै सम्पर्कका ६ जनामा २३ साउनमा कोरोना पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार