आश तमु पोखरा- गण्डकी प्रदेश कास्कीमा थप ४ जना कोरोना संक्रमित थपिएका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीमा थप ४ जना कोरोना संक्रमित थपिएका हुन ।
संक्रमितहरु पोखरा महानगरपलिका भित्रका छन । संक्रमितहरु वडा न ४ र २४ मा एक एक जना र १२ का दुइ जना छन ।
सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । बुधबार बिहान १०:४५ बजे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ति मार्फत जानकारि दिएको हो ।
प्रदेशको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८३ पुगेको छ ।