logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

‘कन्ट्याक्ट ट्रेसिङ’ का क्रममा १५ दिनको शिशुमा कोरोना संक्रमण


  • राजनीति
  • शुक्रबार, भाद्र ५ २०७७

काठमाडौंमा १५ दिनको शिशुमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

काठमाडौंको नागार्जुन नगरपालिकामा ‘कन्ट्याक्ट ट्रेसिङ’ का क्रममा शिशुमा बिहीबार पोजेटिभ रिपोर्ट आएको हो ।गत सोमबार ती शिशुका ३४ वर्षीय बुबालाई सास फेर्न गाह्रो भएपछि सातदोबाटोस्थित एक निजी अस्पताल लगिएको थियो । अस्पतालले बिरामीको उपचार गर्न नमानेपछि पाटन अस्पताल पुर्‍याइयो ।

उनका बाबु मार्केटिङ रिप्रेजेन्टेटिभ हुन् । उनीबाट नै शिशुमा कोरोना सरेको बताइएको छ। शिशुको आमा र हजुरबुबाको समेत रिपोर्ट पोजेटिभ आएको छ । एकाघरमा बस्दै आएका शिशुका हजुरआमा र काकाको भने रिपोर्ट नेगटिभ आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार