आश तमु – लमजुङस्थित श्रीजंग गणमा कार्यरत नेपाली सेनाका २९ वर्षीय जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भदौ २ गतेबाट अस्पताल भर्ना भएका उनमा ज्वरो र खोकी लाग्ने समस्या थियो ।बागलुङ नगरपालिका २ घर भएका उनी साउन २९ गते बिदामा गएको र बिरामी भएर अस्पताल भर्नापछि पीसीआर परीक्षणमा शनिबार कोरोना देखिएको हो ।
ती सैनिक जवानमा कोरोना पोजिटिभ देखिएपछि कन्ट्याक ट्रेसिङ गरी सँगै कार्यरत २५ जनाको थ्रोट स्वाब संकलन गरी शनिबार नै पोखरा पठाइएको छ ।