logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

बिहान मात्रै कोरोना पुष्टी भएका पोखरा १६ का ५२ वर्षिय पुरुषको निधन


  • राजनीति
  • शुक्रबार, भाद्र १२ २०७७

file pic file pic

आश तमु पोखरा – पोखरामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । आज बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका १६ का ५२ वर्षे पुरुषको मृत्यु भएको हो ।

उनमा कोभिडसँगै उच्च रक्तचाप र मधुमेहको समस्या रहेको स्वास्थ्य निर्देशानलयले जनाएको छ । यसअघि बिहीबारमात्रै पोखरा १२ बस्ने ३२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो ।

आज बिहान मात्रै कोरोना पुष्टी भएका दुई पुरुषलाई फिस्टेल अस्पतालवाट पोखरा कोभिड कोभिड उपचार केन्द्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार