logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

जिवन रक्षाको आसालाग्दो अभियान बन्दै फ्रेस ब्लड डोनर ग्रुप


  • राजनीति
  • शनिबार, भाद्र १३ २०७७

बिश्वब्यापी बनेको कोभिड संक्रमणको कारणले मुलुकमा देखिएको रगतको अभावलाइ परिपुर्ति गर्न स्याङ्जाली युवा समाजसेवी हरि ढकालको नेतृत्वमा प्रारम्भ भएको अभियानले धेरैको जिवन रक्षामा महत्वपूर्ण भुमिका खेलेको छ ।

अभियान सुरु गरेको १ हप्तामै ९ हजार सदस्य जोड्दै ३ ओटा रक्तदान कार्यक्रम सम्पन्न । ग्रुप निर्माणको एक हप्ता नबित्दै फ्रेस ब्लड डोनर ग्रुपले १ हप्तामा नै तीन ओटा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।कोभिड -१९ को प्रभावका कारण मुलुक भरी नै रगतको अभाव भईरहेको अवस्थामा स्याङ्जाका सक्रिय युवा तथा सामाजिक अभियान्ता हरि ढकाल र साथिहरुले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले सुरु गरेको अभियानले छोटो समयमा नै उल्लेखनीय काम गर्न सफल भएको हो ।

यो एक हप्तामा ग्रुपको संयोजन तथा रेडक्रस सोसाइटीको सहयोगमा भाद्र ७ गते पोखरामा पहिलो कार्यक्रममा १६ जनाले , भदै १० गते रेडक्रस सोसाइटी केन्द्रिय रक्तसञ्चार केन्द्र कालिमाटीमा दोस्रो पटक १५ जनाले र भदै १३ गते काठमाडौको सामाखुसी ६२ जना गरि करिव ९० ले रक्तदान गरिसक्नु भएको छ। अभियान अत्यन्तै राम्रो र समयको माग अनुरुप रहेको भन्दै विभिन्न सामाजिक ब्याक्तित्वहरुले प्रसंसा समेत गर्नु भएको छ।

फ्रेस ब्लड डोनर समुहले ग्रुप खोलेको १ हप्तामा नै मिलेको साथले झनै उर्जा थपेको छ यहाँहरुको यसरी नै साथ मिले आगामी दिनमा रक्तदानको क्षेत्रमा उल्लेख्य काम गर्न सकिन्छ भन्दै रक्तदान गर्ने तथा प्रत्येक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई मुरि मुरि धन्यवाद धन्यवाद समेत दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार