logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

राजधानीमा समेत बर्डफ्लुको देखियो संक्रमण


  • राजनीति
  • शुक्रबार, जेष्ठ ११ २०७५

काठमाडौं -बर्डफ्लुको संक्रमण देखिएपछि राजधानीमा सन्त्रास फैलिएको छ । स्वास्थ्य सेवा विभागले  राजधानीको उत्तर पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फार्ममा पालिएको हाँसमा बर्ड फ्लु देखिएको जनाएको छ ।

विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ वटा पोल्ट्री फार्ममा पालिएको हाँसमा बर्ड फ्लु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए ।

बर्ड फ्लु देखिएपछि राजधानीमा सतर्कता अपनाइएको छ ।

राजधानीबाहिरबाट काठमाडौं भित्रिने र राजधानीका वरिपरि पालिएका फार्मबाट हाँस नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।
आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार