राजनीति
काठमाडाैं । दुग्ध विकास संस्थान (डीडीसी)का अध्यक्ष स्वयंले कर्मचारी नै दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको खुलासा गरेका छन्।
संस्थानका अध्यक्ष रघु गौतमले संस्थानले बजारमा ल्याएको डीडीसी ब्रान्डको दूधमा ३ प्रतिशत फ्याट हुनुपर्नेमा दुई दशमलव आठ प्रतिशत मात्र रहेको पाइएपछि यस्तो अभिव्यक्ति दिँदै घाेटाला हुने गरेकाे खुलासा गरेका हुन्।
अध्यक्ष गौतमले स्विकारे ‘दूधमा तरको परिमाण २.८ भेटियो। यो तोकिएको मापदण्डभन्दा कम हो, यो ठगी हो नै,’ , ‘डीडीसीको दूधमा एक लाइनदेखि १० लाइनसम्म तर मार्ने चलनै छ। लाइन मारेको तरबाट घिउ बनाएर बाहिरी बजारमा गुपचुप बिक्री हुने गरेको पाइयो।’
वर्षौंदेखि यसरी करोडौं रुपैयाँ घोटाला भइरहे पनि सरोकारवाला निकायले गम्भीर छानबिन गर्न नसकेकाे खबर छ ।