राजनीति
विराटनगर- चुडामणि उप्रेती गोरेले बयान दिने क्रममा थप व्यक्तिका नाम सार्वजनिक गररहेका छन् । साेही बयानका अाधारमा गाेरेसँग साठगाँठ भएका थप एक व्यक्ति पक्राउ परेको हो ।
प्रहरीले बिहीबार साँझ मोरङको उर्लाबारी नगरापलिाका–२ का ३८ वर्षीय ‘रेवत’ भनिने रेवन्तकुमार आचार्यलाई पक्राउ गरेको हो । प्रहरीले गोरेले बुधबार र बिहीबार दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको जनाएकाे छ । रेवतलार्इ जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।
सनम शाक्यलार्इ यातना दिन ब्याट्रि तथा तारकाे व्यवस्था रेवतले गरेकाे गोरेले दिएको बयानका आधारमा खुलेकाे हाे । साथै उनकाे पनि सुन तस्करीमासमेत संलग्नता रहेको हुनसक्ने आशंकामा पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएकाे प्रहरीले जनाएकाे छ । यसअघि प्रहरीले सार्वजनिक गरेकाे ३१ काे फरार-सूचीमा भने उनी नरहेकाे जनाइएकाे छ ।