राजनीति
राजधानी काठमाडौंको कीर्तिपुरमा घरबेटीको कु’टाइबाट भाडामा बस्ने एक व्यक्तिको मृ’त्यु भएको छ ।
कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हि’र्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृ’त्यु भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिए ।
उनका अनुसार शुक्रबार विहान सामान्य वि’वादमा घरबेटी महर्जनले चौधरीमाथि कु’टपिट गरेका थिए । कु’टपिटबाट गम्भीर घा’इते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो । प्रहरीले घरबेटी महर्जनलाई प’क्राउ गरेको छ ।