राजनीति
सुन्धाराको धरहरा क्षेत्र भित्र रहेको बहु चर्चित म:म पसल लगायतका पसलकवल हटाइएको छ। शनिबार दिउँसो डोजर नै लगाएर पसल र रेष्टुरेन्ट खाली गराइएको हो । महाननगरले २४ घण्टाभित्र ठाउँ छाड्न निर्देशन दिएपनि अटेर गरेको भन्दै नगर प्रहरीले शनिबार दिउँसो हस्तक्षेप गरेको हो ।
धरहरा पुनर्निर्माणका लागि टेण्डर आहृवान गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २६ वैशाखमा सरोकारवालाको बैठक राखेर त्यस क्षेत्रमा रहेका संरचना १५ दिन भित्र हटाउन भनेको थियो ।
महानगरको शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले धरहरा परिसरमा भाडामा लगाइएका सटर, टहरा तथा रेष्टुरेन्टका भौतिक संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो । शनिबार दिउँसो नगर प्रहरीले डोजर नै लगाउन थालेपछि पसल खाली गरेका छन् ।
त्यहा डोजर नै लगाएर भत्काइ पछि विश्राम गर्ने र समय काट्ने थलोका रुपमा रहेको ठाउँ अहिलेलाइ भत्किएको छ ।