logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरा अवैध रुपमा यौन ब्यवशाय सञ्चालन गर्ने होटल मालिक सहित ४ जना महिला पक्राउ


  • राजनीति
  • सोमबार, जेष्ठ १४ २०७५

पोखरा- पोखरा अवैध रुपमा यौन ब्यवशाय सञ्चालन गर्ने होटल मालिक सहित ४ जना महिलालाई पक्राउ परेका छन ।

पोखराको बगालेटोलमा थकाली घर एण्ड होटलमा अवैध रुपमा यौन ब्यवशाय सञ्चालन गर्ने होटल मालिक सहित ४ जना महिलालाई पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा पोखरा ८ बगालेटोलमा थकाली एण्ड होटल सञ्चालन गरी बस्ने बाग्लुङ तित्याङ गाउपालिका घर भएका २९ वर्षिय पम्फा नेपाली र पोखरा आसपास घर भएका ४ महिला रहेका छन ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको स्ट्रिङ अपरेसन टोलीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार