logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कास्की प्रमुख राना पुर्व प्रमुख सिहं झै उत्रीय सडकमा,यात्रुलाई दुख दिने तीन हाईस कारबाहीमा


  • राजनीति
  • सोमबार, जेष्ठ १४ २०७५

पोखरा- यात्रुलाई असहज यात्रा गराउने तीन वटा हाइस माइक्रोबसलाई नियन्त्रणमा लिइ कारबाही गरिएको छ ।

जथाभावी यात्रु चढाउने, यात्रुलाई दुख दिने र सवारी साधनलाई दुर्गन्धित बनाइ यात्रुलाई असहज यात्रा गराउने तीन वटा हाइस माइक्रोबसलाई नियन्त्रणमा लिइ कारबाही गरिएको हो ।

पोखराबाट छुट्ने हाइस माइक्रोबसले जथाभावी यात्रु चढाउने र यात्रुलाई दुख दिने गरेको गुनासो आएपछि कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले स्थलगत निरीक्षण गरी पोखराको पृथ्वीचोकबाट तीनवटा हाइस माइक्रोबसलाई नियन्त्रणमा लिइ कारबाही गरेको हो ।

पोखराको पृथ्वीचोकबाट बा.३ ख ७७९८, ग.१ख २८००, र ग.१ ख २९४२ नम्बरको हाइस माइक्रोबसलाई कारबाही गरिएको हो ।

कुनैपनि सवारी साधनले जथाभावी रोक्ने, यात्रुलाई दुख दिने, यात्रु चढाइसकेपछि समयमा नजाने, विभिन्न बहानामा हैरानी दिने गरेमा तत्काल नजिकको प्रहरी कार्यालय, १०० वा १०३ मा फोन गरी जानकारी गराउन समेत कास्की प्रहरी प्रमुख ओम रानाले सर्वसाधरण यात्रुलाई आग्रह गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार