logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखराको फेवातालमा तिब्र हावाहुरीका कारण डुगां पल्टिदा एक बेपत्ता


  • राजनीति
  • सोमबार, जेष्ठ १४ २०७५

पोखराको फेवातालमा तिब्र हावाहुरीका कारण डुगां पल्टिदा एक जना बेपत्ता भएका छन ।

आईतबार दिउसो सवा ३ बजे डुगां पल्टिदा एक जना बेपत्ता भएका छन भने ४ जनालाई सशत्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

आईतबार दिउसो सवा ३ बजे डुगां पल्टिदा रामेछापका १८ बर्षिय सुप्रिम लामा बेपत्ता रहेका छन भने  सिन्धुलीका १८ बर्षिय बिशाल थापा, काठमाडौं सितापाईलाका १७ बर्षिय अनिल रोक्का, भक्तपुरका १९ बर्षिय मन्दिप मल्ल, र सोही ठाउँकै १७ बर्षिय शुनिल कुँवरको सशत्र प्रहरी नायब उपरिक्षक गौतम राज कुँवर नेतृत्व १५ जनाको उद्धार टोलीले सकुशल उद्धार गरेको हो ।

बेपत्ता रहेका लामाको सशत्र प्रहरीको गोताखोरको साथमा खोजिकार्य तिबै पारिएको स्रोतले जनाएको छ ।

तिब्र हावाहुरीका कारण पल्टिएको डुगांमा सयर बेपत्ता लामा सहित अन्य सकुशल उद्धार भएका ४ जना काठमाडौंबाट हिजो मात्र पोखरा घुम्न आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार