logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पछिल्लो  दुई दिन लगातार देशका तीन स्थानमा  भूकम्प


  • राजनीति
  • शनिबार, जेष्ठ १९ २०७५

काठमाडौं– देशका तीन स्थानमा पछिल्लो  दुई दिन लगातार  भूकम्प गएको छ । बिहिबार दैलेख र गोरखा तथा शुक्रबार दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।

गोरखा र दोलखामा गएको भूकम्प २०७२ बैशाख १२ गते गएको भूकम्पकै पराकम्प  भएको र दैलेख केन्द्रबिन्दु भएर गएको भने नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहिबार गोरखा केन्द्रबिन्दू भएर ४.१ रिक्टरस्केलको पराकम्प गएको थियो भने दैलेखमा गएको नयाँ  भूकम्प ४.३ रिक्टरस्केलको रहेको थियो ।

यस्तै शुक्रबार दोलाखा केन्द्रबिन्दु भएर गएको पराकम्प पनि ४.३ रिक्टरस्केलकै रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ०७२ बैशाख  १२ गतेको भूकम्पयता हालसम्म ४ वा ४ रिक्टरस्केलमाथिका ४९८ वटा पराकम्पहरु गइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार