logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

हेलिकप्टरबाट घाइते प्रहरीलाई काठमाडौँ लगियो


  • राजनीति
  • शनिबार, जेष्ठ १९ २०७५

सोलुखुम्बु- दमकल अभ्यास गर्ने क्रममा घाइते भएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

अभ्यास गर्ने क्रममा नगरपालिकाको दमकलमाथिबाट लडेर शुक्रबार घाइते भएकी तामाङलाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।

घाँटीको हड्डीमा समस्या देखिएपछि तामाङकोे वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको नगरपालिकाका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिए ।

जिल्लाको एकमात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकामा अहिले ११ जना नगर प्रहरी छन् । नगर प्रहरी सहायक निरीक्षकको कामाण्डमा उनीहरुले काम गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार