राजनीति
मेष : नयाँ कामको थालनीसँग मन हर्षित रहनेछ । आँटेकोे र ताकेको कार्यहरू पुरा होलान् । रमाइलो यात्राको योग रहेको छ ।
वृष : प्रेममा मनमुटावका साथै मन कमजोर रहला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।
मिथुन : साथीभाइको सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ ।
कर्कट : समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
सिंह : जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
कन्या : सरकारी निकाएको भय रहला । राजनीतिक कार्यमा बाधा आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा सङ्का उत्पन्न हुनेछ ।
तुला : अधुरो काम पूरा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमाइलो यात्रा हुनेछ ।
वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । आकस्मिक धन लाभ होला । पारिवारिक जमघट हुनेछ ।
धनु : दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
मकर : स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । लेनदेनमा विवाद सृजना हुन सक्नेछ ।
कुम्भ : चिताएको कामले तीव्रता लिनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
मीन : दैनिक कार्यमा प्रगति हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।