logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आफ्नै दाइले रुकुम पश्चिममा भाइको हत्या गरे


  • राजनीति
  • बिहिबार, असार ७ २०७५

रुकुम- आफ्नै दाइले रुकुम पश्चिममा भाइको हत्या गरेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

रुद्रले जग्गासम्बन्धी सामान्य विवादका कारण खुकुरी प्रहार गरी जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

हत्या गर्ने रुद्रबहादुर पुनले जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

जोखबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले, रुकुम ल्याइँदैछ । यो घटना मामाको घर डाँचीकोट गाउँपालिका–६ मग्मामा भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार