राजनीति
सिन्धुपाल्चोक- सुनसरी चौतारा साँगाचोकगढी नगरपालिका १ का वडाध्यक्ष सानुकान्छा श्रेष्ठ र वडा सचिव राजकुमार श्रेष्ठ नक्कली आमा बनाएर नागरिकता बनाइदिएको आरोपमा प्रकाउ परेका छन।
सुनसरीकी एक महिलालाई नक्कली आमा बनाएर नागरिकता बनाइदिएको आरोपमा प्रकाउ परेका हुन।
नक्कली आमा बनाएर चौतारा साँगाचोकगढी स्याउलेबाट नागरिकता दिलाएको खुल्न आएपछि बिहीबार साँझ दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहन पोखरेलले जानकारी दिए। ‘नागरिकता लिने महिलाको नाम काल्पनिक समेत हुन सक्छ,’ एसपी पोखरेलले भने, ‘नक्कली आमा बन्ने महिला पनि पक्राउ गरिसकिएको छ।
किन र कसरी यस्तो प्रकृतिको नागरिकता सिफारिस भएको रहेछ। त्यसबारेमा अनुसन्धान सुरु भइसकेको छ।’