logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

पाल्पाले अर्को राष्ट्रिय कलाकार जन्माउदै


  • मुक्ति गैरे,काठमाडौं
  • आइतबार, चैत्र २२ २०७७

पाल्पाले अर्को राष्ट्रिय सपूत जन्माउन सफल भएको छ । २० गते सम्पन्न अडिसन राउन्डमा पाल्पाली गायक कुशल श्रेष्ठ भ्वाइस अफ नेपालमा छनोट भएका छन् । भ्वाइस अफ नेपालको सिजन ३ अन्तर्गत २० गते शुक्रबार भएको अडिसन राउन्डमा श्रेष्ठ छनोटमा परेका हुन् । पाल्पा तानसेनकाे चर्चित पर्यटकिय रमणीय स्थल प्रभासमा जन्मिएका श्रेष्ठले लामो समयदेखि जिल्ला संगै देशका विभिन्न स्थानमा बसेर आफ्नो कला प्रस्तुत गर्दै आएका छन् ।

हाल काठमाडौंकाे बसुन्धरामा बस्दै आएका श्रेष्ठ अडिसनमा छनौट हुँदा खुसि व्यक्त गरेका छन् । उनले आफ्नै लगानीमा केही एल्बस समेत बजारमाल्याएका छन् । श्रेष्ठले बजारमा ल्याएको एल्बस मध्ये तस्वीर चर्चित भएको थियो । उनी देशलाई माया गर्ने युवा राष्ट्र प्रेमि कलाकार पनि हुन् उनलेे राष्ट्र भक्ति भावमा अाफ्ना साथीहरू लिएर अामाकाे सम्झना गितहरु मार्फत गाउदै देशकाे झण्डा बाेकेर सम्झिने पनि गर्छन् ।

श्रेष्ठ नेपाल आइडलको सिजन ३ काे अडिसनमा समेत छनोट भएका थिए । २० गते भएको अडिसनमा छनौट भएसंगै श्रेष्ठले आफ्नो मामालाई सम्झिदै कोच राजु लामाको समूहमार्फत अगाडी बढ्ने निर्णय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार