राजनीति
पोखरा- पोखराको भाटभटेनी सुपर मार्केटको अण्डरग्राण्ड पार्किङमा मंगलवार अपरान्ह एक कारमा आगो लागेको छ । पार्किङ गरिएको बा ८ च १०५० नम्बरको कारमा आगो लागेको हो ।
आगालागीबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ । आगो लागे लगतै सुपर मार्केटका कर्मचारी र दमकलले आगोे निभाएका थिए। आगलागीको कारण भने खुल्न सकेको छैन।