logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पर्वतमा पहिरोले ४ घर पुरिए- पाँच जना बेपत्ता, ६ जना घाइते


  • राजनीति
  • बुधबार, साउन २ २०७५

अविरल वर्षाका कारण आएको पहिरोले पर्वतको जलजला गाउँपालिका –८, लस्तीका ४ घर पुरेको छ । मंगलबार राति वर्षासँगै आएको पहिरोले जलजला –८, लस्तीका बमबहादुर परियारको घरसहित ४ घर पुरेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण बमबहादुरका १२ वर्षीय छोरा विकास परियारसहित ५ जना सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोबाट उच्च जोखिममा परेका १६ घरलाई सुरक्षित स्थानमा सारिएको छ ।

अहिले उद्धार कार्य जारी छ । स्थानीयबासीलगायत प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ । पहिरोकै कारणबाट मालढुंगा–बेनी सडकखण्ड समेत चल्न सकेको छैन ।

त्यस्तै जलजला –८, धाइरिङ बास्कोटमा समेत स्थानीय भिमलाल आचार्यको घर पहिरोमा परि भत्किँदा ६ जना घाइते भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार