logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

श्रीमतीसँगको झगडालाई लिएर बाबुले गरे छोराको हत्या


  • राजनीति
  • बुधबार, साउन १६ २०७५

भक्तपुर- भक्तपुरको सानोठिमीमा एक बाबुले श्रीमतीसँगको झगडालाई लिएर छोराको हत्या गरेका छन्।

मंगलबार राति १२ बजे भक्तपुरको सानोठिमीस्थित रमाइलो चोकमा डेरमा बस्ने मोरङ सुनवर्षा- १ का ४० वर्षिय डिल्लीराम चापागाईंले १७ वर्षिय सागर चापागाईंको हत्या गरेको भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

श्रीमतीसँगको विवादपछि ओछ्यानमा सुतिरहेका छोरालाई चापागाईले धारिलो हतियार प्रहार गरी हत्या गरेको एसपी श्रेष्ठले बताए।

छोराको हत्यापछि राति १ बजे चापागाईं प्रहरी कार्यालयमा पुगेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार