logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

बगनासकालि पाल्पा रुपन्देही एकता समाजद्वारा covid-19 रोकथाम सामाग्री सहयोग


  • राजनीति
  • मंगलबार, जेष्ठ ११ २०७८

बगनासकाली पाल्पा रुपन्देही एकता समाजद्वारा पाल्पा बगनासकाली गाँउपालिका पोखराथोकमा स्थापित कोभिड अस्पतालको लागी आवश्यक सर्जिकल बेड साथै covid संक्रमण रोकथाम तथा उपचारमा खटिने कर्मचारी , स्वयमसेवक तथा पालिकाबासिको लागि आवस्यक पर्ने स्यानिटाइजर , साबुन , गिलास , मास्क (1500 पिस) सहयोगस्वरुप हस्तान्तरण गरेकाे छ ।
उक्त सामाग्रीहरु पोखराथोक कोभिड अस्पताल इन्चार्ज दधिराम पराजुली र बगनासकालि गाँउपालिका अध्यक्ष कृष्ण बश्याललाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कोशल बश्यालले बताउनुभयो साथै उक्त हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष कोशल राज भन्डारी,कोषाध्यक्ष भरत गैरे र सह सचिब लेखनाथ बश्यालको समेत उपस्थिति रहेको थियो । समाजका अध्यक्ष काेशल बस्यालले आउदा दिनमा पनि थप सहयोग गर्ने साथै पालिकाकाे स्तरउन्नति र अापकालिन सहयोगका सधैं साथमा रहने बताउनुभयो । यस्तै सहयोग गर्न समाजसेवाका कार्यमा जोडिन र सहयोगात्मक एकता कायम राख्न बगनासकालिबाट रुपन्देही स्थायी वा अस्थायी बसोबास गर्नुहुने सबैलाई यस संस्थामा जोडिन समेत आव्हान गर्नु भयो

।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार