नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष अाेम पुनले एक विज्ञप्ति जारी गर्दै झापाको दमकमा सुकुम्बासी माथि भएको ज्यादती र दमनको विरुद्ध सशक्त प्रतिवाद गर्नु पर्ने बताउनु भएको छ । उहाँले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै 👇️
“अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ
केन्द्रीय समिति
विषय : प्रेस विज्ञप्ति , मिति :२०७८/२/११
झापा जिल्ला दमन नगरपालिका वार्ड नम्बर ७ स्थित पञ्चमुखी सुकुम्बासी बस्तीमा हिजो जेठ १० गते स्थानीय प्रशासन र दमक नगरपालिकाको संयुक्त मिलेमतोमा भएको ज्यादती र दमन प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। बिगत २२ बर्ष देखि बसाेवास गर्दै आएका सुकुम्बासी माथि गरिएको याे ज्यादती निकै निन्दनीय र भर्त्सना याेग्य घटना हाे । कथित कम्युनिस्टको सरकार र त्यसकै स्थानीय जनप्रतिनिधि दमक नगरपालिकाका मेयर साेमनाथ ओलीको नेतृत्वमा र जनविरोधी स्थानीय प्रशासनको सहयोगमा भएको सुकुम्बासी माथिको ज्यादती मानवताविरोधी भएकोले यसको प्रतिवाद सबै सुकुम्बासी र क्रान्तिकारी शक्तिहरुले गर्न हामी अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ केन्द्रीय समितिको तर्फबाट आह्वान गर्दछौं । काेराेना महामारीले जनता र श्रमिक जनता पिडीत भैरहेको बेला राहात सहयोग गर्नुको सट्टा उल्टै स्वास्थ्य मापदण्ड विपरीत सुकुम्बासी माथि नेपाल प्रहरी, नगर प्रहरी र शसस्त्र प्रहरी प्रयोग गरि करिब दर्जन बढी महिला तथा बालबालिका सुकुम्बासी घाइते हुनेगरी गरिएको याे आतंककारी हमलाकाे हाम्रो संगठन घाेर निन्दा र भर्त्सना गर्दछ । साथै यस्तो खाले जंगली आतंक बन्द गर्न र सुकुम्बासीहरुकाे उचित बसाेवासकाे ज्ञारन्टी गर्न माग गर्दछ । यदि दलाल पुजीवादी संसदीय व्यवस्थाकाे पहरेदारकाे रुपमा कम्युनिस्ट सरकारको नाममा यस्ता खाले जनविरोधी हर्कत हुदै गएमा यसको शसक्त प्रतिरोध गर्ने र त्यसको जिम्मेवार स्वयं सत्ता सञ्चालक दलालहरु हुने कुराकाे चेतावनी पनि दिन चाहन्छौं ।
कथित राष्ट्रघाती नागरिकता विधेयक ल्याएर कुर्सी जाेगाउने नाममा राष्ट्रघात गर्ने तर आफ्नै देशका श्रमिक सुकुम्बासी जनताका बस्ती उजाड पार्ने शासकहरुकाे जनविरोधी तथा नक्कली राष्ट्रवादको मुखुण्डो यश घटनाले राम्रोसँग उदाङ्गाे पारेको छ । तसर्थ दलाल पुजीवादी संसदीय व्यवस्था र जनताप्रति अनुदार राज्य प्रशासन रहदासम्म श्रमिक तथा उत्पिडित जनताले यस प्रकारका समस्या झेलिरहनुपर्ने भएकोले यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य भएको र त्यसको लागि सम्पूर्ण सुकुम्बासीहरु एकताबद्ध हुन पनि यसै विज्ञप्ति मार्फत अपिल गर्दछौं।
क्रान्तिकारी अभिवादन सहित !
ओम प्रकाश पुन
अध्यक्ष”