logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेपाल प्रहरीका ४ डीआईजीको सरुवा, को–कहाँ (सूचीसहित)


  • राजनीति
  • बिहिबार, साउन ३१ २०७५

काठमाडौं– नेपाल प्रहरीका ४ डीआईजीको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार डीआईजी महेश विक्रम शाह, सुरेश विक्रम शाह, सुरज केसी र धिरु बस्नेतको सरुवा गरेको हाे ।

निर्णयअनुसार महेश विक्रम शाहको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ६ सुर्खेतमा सरुवा भएको छ । यस्तै सुरेश विक्रम शाहको प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा सरुवा भएको छ । यस्तै केसीको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ७ र बस्नेतको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा सरुवा भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार