logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखराको न्यूरोडमा आगलागी,२५ लाखको क्षति


  • राजनीति
  • सोमबार, भाद्र ४ २०७५

पोखरा –  पोखराको न्यूरोडमा आगलागी हुँदा करिब २५ लाखको  धनमाल जलेर नष्ट भएको छ ।

न्यूरोडको पोखरा महानगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर तल रहेको घरमा आगलागी हुँदा उक्त उक्त क्षति भएको हो ।

आगलागीबाट नव सन स्टार टे«डर्स र सुजल किराना पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।

नवीन श्रेष्ठले सञ्चालन गरेको नव सन स्टार ट्रेडर्समा सोलारका सामानहरु रहेको र ती सामानहरु आगोले जल्दा करिब १५ लाख र कोपिला नेपालीले सञ्चालन गरेको सुजल किराना पसलका सामानहरु जल्दा करिब १० लाखको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

आगलागीको कारण यकिन भएको छैन । प्रहरीले विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार