logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

इद मनाउने क्रममा मुस्लिम समूदायबीच झडप,प्रहरीद्वारा हवाई फायर


  • राजनीति
  • बुधबार, भाद्र ६ २०७५

महोत्तरी– इद मनाउन जम्मा भएका मुस्लिम समूदायबीच महोत्तरीको लोहारपट्टी नगरपालिकाको हदगहा भन्ने स्थानमा  झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) खगेन्द्र बहादुर खड्काले प्राथना शुरु गर्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडपको स्थितिमा पुगेको जानकारी दिए ।

दुई समूहबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जनकपुर लगिएको जनाइएको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । अहिले नमाज पढ्ने क्रम चलिरहेकाले नमाज सकिएपछि झडप हुने सक्ने भन्दै प्रहरी परिचालन ब्यापक बनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार