राजनीति
काठमाडौं – शुक्रबार बूढानीलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा जमिन फाटेर चार घर भत्किएकाे छ । १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
जमिन चिरा परेर फाटेपछि राधिका धिताल, बीरबहादुर तामाङ चित्रबहादुर बस्नेत, र सुशीला बस्नेतको घर भत्किएको हो ।
चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् ।