logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त,विवरण आउन बाँकी


  • राजनीति
  • शनिबार, भाद्र २३ २०७५

गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

छ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको सो हेलिकप्टर धादिङको गंगाजमुना गाउँपालिकास्थित रि गाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको एल्टिच्यूड एयरका सञ्चालक फुर्बा शेर्पाले जानकारी दिए ।

उनका अनुसार ए एल एच ओके कलसाइनको सो हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए ।

यसैगरी एल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमा निरु शेर्पाले रेस्क्युका लागि टोली पठाइएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।

हेलिकप्टरमा पाइलटसहित एक जापानी नागरिक र ५ नेपाली सवार रहेका थिए ।

इलाका प्रहरी कार्यालय सामागाउँ प्रहरी चौकीका अनुसार हेलिकप्टरमा सवार रहेकामा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका ल्हो आनी डाेल्पा डिक्की, छोवाङ नुर्बु र सुनिल तामाङ छन् ।

यता, धादिङ प्रहरी प्रमुख डम्बर बिसीले भने नुवाकोट र धादिङको सीमामा हेलिकप्टर फेला परेको भन्ने प्रारम्भिक सूचना आफूहरुलाई प्राप्त भएको जानकारी दिए ।

‘सम्भावित ठाउँमा खोजीका लागि दार्खा र नुवाकोटबाट प्रहरीको टोली खटाइएको छ,’ उनले भने, ‘हेलिकप्टर फेला परिसकेको अवस्था छैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार