logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बेगनास तालमा शनिबार डुंगा पटिल्दा ६ जना अझै बेपत्ता

बेपत्ताहरूको बिहानैदेखि खोजी


  • राजनीति
  • आइतबार, भाद्र २४ २०७५

कास्की पोखराको बेगनास तालमा शनिबार डुंगा पटिल्दा बेपत्ता  भएका ६ जना अझै पत्ता लागेका छैनन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बेपत्ताहरूको बिहानैदेखि खोजी भइरहेको छ।

बेपत्ताहरूको खोजीमा बिहानैदेखि गोताखोर टोलीसहित खटिएको जानकारी कास्कीका प्रहरी प्रवक्ता, डिएसपी रवीन्द्रमान गुरुङले  दिए।

आफन्तको घरमा दर खाएर फर्किने क्रममा बेगनास तालमा शनिबार दिउँसो डुंगा डुब्दा ३२ वर्षीय रवि खनाल, ७ वर्षका शंकर खनाल, ८ वर्षका शिव खनाल, ५ वर्षका प्राचीन पौडेल, १८ वर्षकी मनिषा बजगाईं र ४ वर्षीय रन्जित गैरे बेपत्ता छन्।

घटनालगत्तै उद्धार गरिएका चार जनामध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको थियो । पोखरा उपमहानगरपालिका-२८ की कृष्णकुमारी बजगाईं र तनहुँ भिमादकी जानुका गैरेको मृत्यु भएको हो। दुर्घटनामा परेका सरला खनाल र निशा पौडेल उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार