logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी

१० करोड बराबरको क्षति अनुमान


  • राजनीति
  • मंगलबार, भाद्र २६ २०७५

काठमाडौं- ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान ०४ः२५ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो ।

स्थापितको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ । ग्यास सिलिन्डर पड्किन थालेपछि आगो नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई अप्ठ्यारो भएको थियो । स्थानीयबासी आगलागीपछि त्रसित बनेका थिए ।

प्रहरीले पहिलो तल्लाबाट सल्किएको आगो समयमै नियन्त्रण गर्न नसक्दा चौथो तल्लासम्म फैलिएको र १० करोड बराबरको क्षति अनुमान गरिएको जानकारी दिए ।आगो नियन्त्रणका लागि जुद्ध बारुणयन्त्रलगायत दमकलसँगै सुरक्षाकर्मी परिचालित भएका थिए ।

आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार