राजनीति
भर्खरै काठमाडौमा ठुलो भुकम्पको धक्का महसुस गरिएको छ । अहिले २:३६ बजे भूकम्प गएको हो । मध्य रातमा भुकम्पको धक्का महसुस गरेपछी मानिसहरुमा बेचैनी पैदा भएको छ । काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको जनाइएको छ ।
यो समाचार तयार पार्दा भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीमा यो बारे कुनै सुचना भने राखिसकिएको छैन । गएको भूकम्पको केन्द्रविन्दु कहाँ र कति रेक्टर स्केलको भन्ने जानकारी आइसकेको छैन । भूकम्प मापन केन्द्रले आधिकारिक तथ्यांक दिन बाँकी रहेको छ ।