राजनीति
नागढुंगा सडक पार गर्न घन्टौं लागेपछि चितवनको सौराह निवासी ५५ वर्षीया रजनी चौधरीको एम्बुलेन्समै ज्यान गएको छ । भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि चौधरीलाई काठमाडौं रिफर गरिएको थियो । चौधरीलाई बोकेर आएको एम्बुलेन्सले मुस्किलले पृथ्वी राजमार्ग पार गरेको थियो ।
त्रिभुवन राजपथमा पर्ने धुनीबेसी नगरपालिकाको टायलघरमा पुगेपछि चार घन्टासम्म जाममा बस्नु परेको थियो । जाममै फसेका बेला बिरामी बुधबार बिहान करिब १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
नागरिक बाट