राजनीति
दुवै खुट्टा गुमाएर कृत्रिम खुट्टाको सहारामा सगरमाथा आरोहण गरेका बुढामोगरलाई मंगलबार मन्त्रालयमा बोलाइ मन्त्री आचार्यले सम्मान गरे। कृत्रिम खुट्टाकै सहाराले अद्भूत साहस र उच्च आत्मविश्वासका साथ जेठ ५ गते विश्वको सर्वोच्च शिखर आरोहण गरेका थिए।
सगरमाथाको सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल भएको भन्दै मन्त्री आर्चायले बुढामगरको प्रशंसा गरे।
‘शारीरिक अपाङ्गता भएका कारण हुने कार्यगत सीमितता र विभिन्न प्रतिकूलताका बाबजुद पनि साहसिक र दुर्लभ क्षमताको प्रदर्शन गरी नेपाल र नेपालीलाई विश्वसमक्ष चिनाउन गर्नुभएको कार्यको सरकार उच्च प्रशंसा गर्दछ, नेपालका लागि मात्र भएर तपाई विश्वको गौरव हो’, मन्त्री आर्चायले भने।
बुढामगर धेरैका लागि आदर्श र प्रेरणाका रूपमा स्थापित भएको मन्त्री आचार्यले बताए।